×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त: अध्यक्ष राजेन्द्र मल्ल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त: अध्यक्ष राजेन्द्र मल्ल

Artha Sarokar

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन् । सो विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्वन्धि ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ । साथै, विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने भएको हो ।

त्यस्तै, स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्य विधी निर्धारण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्नेे जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी