काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८७ कम्पनीको ४३ लाख २७ हजार १ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ५१ लाख ४५ हजार ३ सय ६९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा थ्री स्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमार्जिंग हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-२ र अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ५१ लाख ४५ हजार ३ सय ६९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लघुवित्त वित्तिय संस्था, सिटिजन्स लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । बाराही हाइड्रोपावर पब्लिकमा यस्तो गिरावट आउँदा हिमालयन लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स, सानिमा जीआइसी इन्स्योरेन्स र पिपुल्स पावर मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्