×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टंकप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन् ।

मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी हुनुभएको छ भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन् ।

खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

संघको यही असोज १९ गते ७०औं साधारणसभा तथा २५औं अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । संघमा करिब एक हजार सात सय सदस्य मतदाता छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी