Skip to content
LAXMI SUNRISE BANK

बुधबार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९२ हजार ८ सय ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK