×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको मंगलबार बसेको संचाकल समितिको बैठकले १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र शाइनको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ । गत वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी