×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Artha Sarokar

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । उक्त सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले स्टक सिम्बोल बिजिडब्लुटि पाएको छ ।

कम्पनीले पहिलो कारोबारको लागि प्रतिकित्ता १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज पाएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर कारोबार हुने भएको छ ।

कम्पनीले सर्वसाधारण सेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल ४२ लाख ९० हजार ४८५ कित्ता आइपीओ सूचीकृत गरेको हो ।

कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट सम्पुर्ण सेवा दिने जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी