काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २९२ कम्पनीको ७५ लाख ५८ हजार ५ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट र सिटिजन्स लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटि होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटि होटलमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ११% एनआइसी एशिया डेबेञ्चर ०८२/८३ र प्रोग्रेशिभ फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्