Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

अर्थ सरोकार

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सो सेयरको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको प्रधान कार्यलयमा आवेदन दिन सक्नेछन् ।

सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK