काठमाडौं । असोज २६ गतेदेखि मालवाहक सावरी साधन नचल्ने भएको छ । मालवाहक सावरी साधनले विभिन्न जोखिम निम्त्याउने भन्दै यात्रुवाहक सावरी साधनलाई अझ सबल र सहज गराउन शुक्रबारदेखि नै मालवाहक सवारी सधानलाई निषेध गरिने भएको हो । साथै सबै सडमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता दिइने यातायात विभागले जनाएको छ । सो कार्यमा सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेमा विभाग विश्वस्त छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाले ग्रामीण भेगका बाटो बिग्रेका कारण यात्रामा समस्या आइरहेको हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको बताएका छन्
। उनले मालवाहक सावरी साधनलाई २६ गतेदेखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधनलाई निषेध गरिएको पनि बताए ।
यस्तै २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ । यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुने विश्वास विभागको छ । मेची महाकालीका सबै सडकहरूमा १०/१५ दिनको समयमा लाखौ मान्छे निकाल्नुपर्ने हुदाँ विभागको यो कदमले निक्कै ठुलो सहयोग पुर्याउने कुरा पनि सिटौलाले बताए ।