काठमाडौं । सिद्धार्थ बैंकले असोज २८ गतेबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको ९५ हजार १० कित्ता सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको मूल्य भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको प्रदान कार्यलयमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्