काठमाडौं । चाडपर्वको अवसरमा यतायात व्यवस्थापन र यात्रुहरुको सुविधाका लागी कोशी प्रदेशका विभिन्न स्थानमा प्रहरीले सहायता कक्ष संचालनमा ल्याएको छ । दशैं, तिहार, छठलगायत पर्वका बेला प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालनमा निगरानी बढाउनुका साथै यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाएको छ ।
निगरानीका लागि राजमार्ग र अन्य सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । प्रहरीले ल्याएको सहायता कक्षमा ट्राफिक प्रहरीले नियमित सेवा दिने जनाइएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलका अनुसार पर्वमा धेरै चहलपहल हुने र यात्रुहरु एक स्थानबाट अन्य गन्तव्यमा जाने क्रम ह्वात्तै बढ्ने भएकाले सहायता कक्ष सञ्चालनमा ल्याइनुका साथै निगरानी बढाइएको हो ।
यसका लागि स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक तथा सवारी मजदुरसँग सम्बन्धित संघ संगठनका प्रतिनिधिसँग समन्वय भइरहेको जनाइएको छ ।
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, सामानको सुरक्षा नगर्ने, यातायातका साधनमा सिट आरक्षणको नियम पालना नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कामलाई निरुत्साहित पार्ने पौडेलले बताए ।
प्रदेशका १९ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा आइसकेको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, इलामको फिक्कल, धनकुटाको बसपार्क, हिले, साँघुरीगढी, तेह्रथुमको लालीगुराँस चोक, म्याङलुङ्, उदयपुरको त्रियुगा बसपार्क, पाँचथरको फिदिम, भोजपुरको देउराली, खोटाङको सहिदगेट, ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडा, संखुवासभाको खाँदबारी तथा सुनसरीको इटहरी बसपार्क र कोशी गाउँपालिकाको शिवचोकमा सहायता कक्ष सञ्चालनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्