Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला सात सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ८ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK