काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कार्पोरेशन (आइओसी) ले मूल्य घटाएर पठाएका कारण र चाडपर्वको अवसरमा आम उपभोक्ताको हितलाई मध्येनजर गर्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
योसँगै अव काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ रहेको पर्ने भएको छ ।