काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको छ ।
मंगलबार नेप्सेमा कुल २८९ कम्पनीको ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८४ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हाथवे इन्भेस्टमेन्ट नेपालको भएको छ । यस कम्पनीको ४ करोड ६२ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा स्वेत-गंगा हाइड्रोपावर, सिद्धार्थ इक्वटी बैंक, मेगा म्युचुअल फण्ड-१, मिथिला लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः
यसैबीच मंगलबारको सेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपालको भएको छ । यस कम्पनीको ४ करोड ६२ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सानिमा जीआइसी इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नबिल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः
यस्तै मंगलबारको सेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । हाथवे इन्भेस्टमेन्टमा यस्तो गिरावट आउँदा सुपर माई हाइड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था, १०% प्रभु बैंक डेबेञ्चर २०८४ र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः