Skip to content
LAXMI SUNRISE BANK

‘आईपीओ आउँदासम्मका लागि’ यति एयरलाइन्सको सिइओमा चार्टर्ड एकाउन्टेन्ट सुबास सापकोटा नियुक्त 

अर्थ सरोकार

काठमाडौं । यती एयरलाइन्सको सीईओमा चार्टर्ड एकाउन्टेन्ट सुवाश सापकोटा नियुक्त भएका छन् । कम्पनीको ४९ प्रतिशत सेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।
सापकोटा यसअघि ई–सेवाकोको सीइओसमेत भएका थिए ।
सो कम्पनी केहि समय अघि पब्लिकमा रुपान्तरण भएको थियो ।
 सो कम्पनीको आईपीओ सेयर निस्कासन हुन्जेलसम्मका लागि उनलाई सीइओ नियुक्त गरिएको एशियाल लाइफ स्रोतको दाबी छ । ‘सुबासजी सार्है राम्रो पीआर भएको मान्छे हो । हामीले आईपीओ कि बुक बिल्डिङ विधि अनुसार ल्याउँछौँ, कि प्रिमियममा । यो दुवैमा उहाँको पीआरले काम गर्छ भन्ने छ । त्यसपछि धेरै सोचेका छैनौँ ।’ एशियन लाइफ स्रोतले अर्थ सरोकारसँग भन्यो- ‘हामीले उहाँको सहयोग आईपीओ जारी हुन्जेलसम्मलाई भनेर सोचेका छौँ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK