काठमाडौं । धितोपत्र बोर्डको लगानीमैत्री निर्णयपछि बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा कुल २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक, गणपति लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा कुमारी बैंक लिमिटेड प्रमोटर सेयर, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरै हो । बिपीडब्लु लघुवित्तमा यस्तो गिरावट आउँदा एनआइबिएल सम्वृद्धि फण्ड-२, १०५ प्रभु बैंक डेबेञ्चर २०८४, मेगा म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्