Skip to content
LAXMI SUNRISE BANK

आठ जना लगानीकर्ताको सेयर प्रमाणपत्र हरायो !

अर्थ सरोकार

काठमाडौं । आठ जना लगानीकर्ताको सेयर प्रमाणपत्र हराएको छ ।  विभिन्न बैंक तथा कम्पनीको सेयर रजिष्ट्रारको कार्य गरिरहेको प्रभु क्यापिटलले ८ जना लगानीकर्ताको सेयर प्रमाणपत्र हराएको जनाएको हो ।

क्यापिटलले एक सुचना जारी गर्दै सेयर प्रमाणपत्र हराएका सेयरधनीहरुको नामावली सार्वजनिक गरेको हो । घान्द्रुक १०, कास्की घर भएकी सुस्मा गुरुङको १० हजार कित्ता सेयर प्रमाणपत्र हराएको हो । साबिक सेन्चुरी कमर्सियल बैंकको संस्थापक सेयरधनी रहेकी गुरुङको २७९ सेयर प्रमाणपत्र नं. रहेको क्यापिटलले जनाएको छ ।

त्यस्तै, कुस्मा ९, पर्वतका हरिकृष्ण न्यौपानेको ३२ कित्ता, वाइसविचवा ८, कन्चनपुरका रवि ढुंगेलको ३५ कित्ता, टोखा ६, काठमाडौंका राजश्री हुमागाईंको १७ कित्ता, छहरा ४, पाल्पाका राम प्रसाद पौडेलको ४३६ कित्ता, सियारी ३, रुपन्देहीका सुबाश कुर्मीको ६६२ कित्ता, नेपालगंज , बाँकेका अब्दुल रम्जान मियाँको १००० कित्ता र रामनगर बुटवल १०, रुपन्देहीका रितेश उर्चेशको १४ कित्ता सेयर प्रम्मंपत्र हराएको हो ।

प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धित सेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK