काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ बिन्दुमा पुगेको छ ।
बिहीबार नेप्सेमा कुल २८४ कम्पनीको ३७ लाख ६६ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, सेन्चुरी डेबेञ्चर २०८८, गरिमा डेबेञ्चर २०८५, सानिमा जीआइसी इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा प्रभु बैंक लिमिटेड प्रमोटर सेयर, नबिल बैंक, घलेम्दी हाइड्रो, सानिमा जीआइसी इन्स्योरेन्स र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । अपर सोलु हाइड्रो इलेक्ट्रिकमा यस्तो गिरावट आउँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक र सिटिजन्स म्युचुअल फण्ड(१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्