×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ अफर, एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डिशहोमले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ अफर, एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन सकिने

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ अफर ल्याएको छ । डिशहोम फाइबर नेट जडान गर्ने ग्राहकहरुले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने तथा नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने अफर कम्पनीले ल्याएको हो ।

कम्पनीका अनुसार, ‘ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभजी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।’ उक्त कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेज अफरलाई मङ्सिर ३ गतेसम्मका लागि थप गरेको जनाएको छ ।

त्यस्तै, थप जानकारीक लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । साथै, चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जडान गर्न कम्पनीले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी