काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३ करोड ६० लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, इमर्जिंग नेपाल लिमिटेड, छ्याँग्दी हाइड्रोपावर र रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३ करोड ६० लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर, नबिल बैंक, नेशनल हाइड्रोपावर कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । सोनापुर मिनिरल्समा यस्तो गिरावट आउँदा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, लक्ष्मी उन्नति कोष र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्