काठमााडौँ । ८४ वर्षीय क्यानडिएन नागरिकले बञ्जी गरेका छन् । एड्भेन्चर हब ‘द क्लिफ’ मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका हुन् ।
उनले बञ्जी, स्विङ, स्काई साइक्लिङ, स्काई ग्लाइडिङ तथा अन्य साहसिक खेलहरूको मज्जा लिएको ‘द क्लिफ’ का अध्यक्ष राजु कार्कीले जानकारी दिएका छन् । साथै, मिसेलले सबैभन्दा बढी उमेर समूह अन्तरगर्त बञ्जी गरेर रेकर्ड कायम गरेका हुन् ।
त्यस्तै, यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् । बञ्जी पछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताएका थिए ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत, बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको ‘द क्लिफ’ मा विश्वकै अग्लो स्विङ तथा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरेका छन् ।
बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट विश्वकै अग्लो व्यवसाहिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्