Skip to content
LAXMI SUNRISE BANK

मानव तस्करीमा प्रहरी नै संलग्न !

अर्थ सरोकार

काठमाडौं । मानव बेच्ने अपराधमा संलग्न रहेको आरोपमा प्रहरी नै पक्राउ परेका छन् । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरीलाई नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका छन् । उनलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनिमाथि आवश्यक अनुसन्धान भैरहेको छ । मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ ।

तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्तिसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK