×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभावः काठमाडौँमा मासुको उपभोग ह्वात्तै घट्यो, बिक्नै छोडेपछि कुखुराको मूल्य किलोमै १५ रुपैयाँ घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्दीको प्रभावः काठमाडौँमा मासुको उपभोग ह्वात्तै घट्यो, बिक्नै छोडेपछि कुखुराको मूल्य किलोमै १५ रुपैयाँ घट्यो !

Artha Sarokar

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकामा मासुको व्यापार ह्वात्तै घटेको छ । अन्य वर्ष दशैँको समयमा मासुको व्यापार अत्याधिक हुने गरे पनि यसवर्ष भने मासुको उपभोग घटेसँगै व्यापार पनि घटेको हो ।

दशैँ, तिहारको समयमा विगतका वर्षमा अचाक्ली भीड लाग्ने उपत्यकाका मासु पसल यतिबेला सुनसान प्राय देखिन्छन् । अधिकांश मासु व्यवसायीहरुले यसलाई मन्दीको प्रभाव भनेका छन् । यसो त यसवर्ष दशैँमा गत वर्षको तुलनामा १२ हजार न्यून पशुचौपाया काठमाडौँ भित्रिएको पशु सेवा विभागले जनाएको छ ।

तर पनि मासुको खपत गत वर्षको भन्दा ५० प्रतिशतले घटेको व्यवसायीहरुले बताएका छन् । ‘मन्दीका कारण व्यापार हुँदैन भन्ने त पहिले नै लागेको थियो । तर, वर्षमा एकपटक आउने चाडवाडमा मासु बिक्छ होला भन्ने नै लागेको थियो ।’, काठमाडौंमा मासु पसल गर्दै आएका एक व्यापारीले भने, ‘अहिले मासु नबिकेर हैरान छ । दशैँअघि मासुका लागि ल्याइएका खसी, बोका र च्याङ्ग्रा अझै सकिएका छैनन् ।’

यसो त पछिल्लो समय देखिएको मन्दीका कारण दशैँको मौका पारेर गाउँ गएकाहरु फर्किने मुडमा छैनन् । यसकारण पनि उपत्यकामा मानिसहरुको ‘फ्लो’ अघिल्ला वर्षभन्दा कम छ । यसकारण पनि मासुको उपभोग घटेको पशु सेवा विभागले जनाएको छ ।

उपत्यकामा मासुको उपभोग घटेसँगै कुखुराको मासुको मुल्य पनि घटेको छ । दशैँअघिसम्म प्रतिकिलो ३ सय ९० देखि ४ सय २० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासु अहिले प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यही स्थिति रहे कुखुराको मासुको मूल्य अझै घट्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी