काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८६ कम्पनीको २२ लाख ५८ हजार १ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १ करोड ७० लाख ११ हजार ४ सय ८७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा एभरेस्ट बैंक लिमिटेड, हथावे इन्भेस्टमेन्ट नेपाल, सीवाईसी नेपाल लघुवित्त, किसन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १ करोड ७० लाख ११ हजार ४ सय ८७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । सोनापुर मिनिरल्समा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मेंछियम हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्