काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ६० लाख २ हजार २ सय २५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा हिमालयन लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट, मेगा म्युचुअल फण्ड-१, घलेम्दी हाइड्रो लिमिटेड र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ६० लाख २ हजार २ सय २५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आशा लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सोनापुर मिनिरल्समा यस्तो गिरावट आउँदा सिद्धार्थ इक्वटी फण्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र स्वेत गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्