Skip to content
LAXMI SUNRISE BANK

नबिल इक्वीटी फण्डको स्किम सूचीकरण खारेज

अर्थ सरोकार

काठमाडौँ । नबिल इक्वीटी फण्डको स्कीमको सूचीकरण खारेज भएको छ । एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्जले नबिल इक्वीटी फण्डको स्कीमको सूचीकरण कात्तिक १६ गते (बिहीबार)देखि खारेज भएको जानकारी गराएको हो ।

कात्तिक १७ गतेबाट परिपक्व हुन लागेकोले कम्पनीले सामूहिक लगानी कोष नियमावली २०७६ को नियम ३१ उपनियम (७) बमोजिम योजना खारेजी सम्बन्धमा १६ गते सूचना प्रकाशित गर्न लागेकोले नबिल इक्वीटी फण्डको स्किमको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ ।

नबिल इक्वीटी फण्ड नबिल म्युचुअल फण्ड अन्तर्गत सात वर्षीय बन्दमुखी योजना हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK