काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले कार्तिक १६ गते बिहीबारदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको ५ लाख कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम २७७ रुपैयाँ वा सो भन्दा बढी मुल्य कबोल गरी आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । सो सेयरमा लगानीकर्ताले न्युनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, थापलाली काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । उक्त सेयरमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्