काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदान गर्ने ५० हजार राशीको बैंकिङ पत्रकारिता पुरस्कार पत्रकार रोयल आचार्यलाई प्रदान गरिएको छ । शनिबार संघको बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
उनी पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रममार्फत टेलिभिजन पत्रकारितामा पनि सक्रिय छन् । केटीएम भ्वाइसका संस्थापक सम्पादकसमेत रहेका आचार्य आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्षसमेत हुन् । ५० हजार बराबरको अर्को आर्थिक पुरस्कार पत्रकार सन्तोष रोकायालाई दिईएको छ ।
यस्तै १ लाख रुपैयाँ राशिको नाफिज-शारदा-ढुण्डीराज आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ ।