काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुँदैछन् । पछिल्ला केही दिनदेखि प्रसाईंलाई पक्राउ गर्ने चर्चा चलिरहेको बेला उनी भने आफै प्रहरी प्रधान कार्यालय नक्सान जान लागेका हुन् ।
आइतबार आफू प्रहरी कार्यालयमा उपस्थित हुन लागेको कुरा प्रसाईं स्वयमले पुष्टि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले आफू प्रहरीमा उपस्थिति हुन लागेको बताएका हुन् । ‘कानूनको पालना गर्दै हामी आफै आज साईबर ब्यूरोमा उपस्थित हुदैछौँ ।’, उनले लेखेका छन् ।
यता प्रहरी स्रोतले पनि प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुन लागेको पुष्टि गरेको छ । प्रसाईंलाई नियन्त्रणमा लिन राजनीति दबाब परिरहेका बेला प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनलाई आइतबार प्रहरी प्रधान कार्यालयमा बोलाएको स्रोतले बताएको छ ।
यसो त केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई दबाब दिएको विषय बाहिरिएको थियो । यद्यपी ओलीले उक्त विषय झुठो भएको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्