काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । आन्दोलनरत प्रधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
उनीहरुले घिसिङसँगै उपकार्यकारी निर्देशक, जनसाधन विभावका निर्देशक तथा सम्पूर्ण प्रादेशिक प्रमुखहरुलाई कार्यकक्षमा प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।
आन्दोलनरत कर्मचारीहरुका अनुसार घिसिङ सहित प्राधिकरणका निर्देशक तथा प्रमुखलाई तीन दिन (आइतबार, सोमबार र मंगलबार) कार्यकक्ष प्रवेश निषेध गरिनेछ । जसअनुसार आइतबार बिहान ११ः१५ देखि मध्यान्न १२ः१५ बजेसम्म, सोमबार बिहान ११ः१५ देखि मध्यान्न १२ः४५ बजेसम्म र मंगलबार बिहान ११ः१५ देखि मध्यान्न १ः१५ बजेसम्म कार्यकक्षमा प्रवेश निषेध गरिनेछ ।
संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै प्राधिकरणका ट्रेड युनियनहरुले कात्तिक १२ गते पहिलो ध्यानाकर्षण प्राधिकरणमा बुझाएका थिए । त्यसपछि उनीहरुले सात बुँदेसहित ३ दिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै कात्तिक १४ गते दोस्रो पटक ध्यानाकर्षण गराएका थिए । तर, वार्ताबाट माग सम्बोधन नहुने स्थिति देखेपछि उनीहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यकारी निर्देशकसहितका कार्यालय प्रमुखहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
यसपछि पनि माग सम्बोधन नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्