काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आइतबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ ।