काठमाडौं । कन्य च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् ।
डेढ महिनाअघि प्रतिकिलो दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिकिलो न्युनतम ५० रुपैयाँ पुगेको छ । बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ ।
त्यस्तै, कन्य च्याउको न्युनतम मूल्य ५० रुपैयाँ हुँदा डल्ले च्याउ भने २५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । किसानले उत्पादन गरेको च्याउ र सिमीको मूल्य अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न सकेको छैन । आहिले नेपाली बजारमा लोकल सिमिको न्युनतम मूल्य १० रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्