Skip to content
LAXMI SUNRISE BANK

२ हजार जरिवाना तिर्न नसकेपछि १६ सयको मोबाइल चोर्ने व्यक्ति जेल चलान

अर्थ सरोकार

काठमाडौँ । मोबाइल चोरीको आरोपमा पक्राउ परेका व्यक्ति दुई हजार जरिवाना तिर्न नसकेपछि जेल चलान भएका छन् । पोखरा–९ नयाँ बजारबाट रेड्मीको मोबाइल चोर्ने अन्नपूर्ण गाउँपालिका–७ घर भई पोखरा बस्ने २३ वर्षीय दीपेश श्रेष्ठ जेल चलान भएका हुन् ।

असोज २५ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले २२ दिन कैद र दुई हजार जरिवाना तथा १ हजार सात सय २० रुपैयाँको बिगो फैसला सुनाएको थियो ।

उनी पक्राउ परेपछि अनुसन्धानकै क्रममा २२ दिन थुनामै बिताएका थिए । अदालतले सुनाएको जेल सजायबापतको समय बिताए पनि अदालतले तोकेको जरिवाना र बिगो तिर्न नसकेपछि उनलाई पुनः जेल चलान गरिएको हो ।

जरिवाना र बिगो तिर्न नसकेपछि श्रेष्ठलाई सात दिन जेल चलान गरिएको प्रहरीले जनाएको छ । उनले जेल बसेबापत प्रत्येक दिन रु तीन सय रुपैयाँ कट्टा हुन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK