×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैरकानूनी ‘टिकटक कन्टेन्ट’ डिलिट गराउन सरकारले थाल्यो प्रयास, सद्भाव बिगार्ने सामाग्री स्वतः हट्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गैरकानूनी ‘टिकटक कन्टेन्ट’ डिलिट गराउन सरकारले थाल्यो प्रयास, सद्भाव बिगार्ने सामाग्री स्वतः हट्ने !

Artha Sarokar

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ ।

गृहमन्त्रालयमा भएको छलफलमा टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आइतबार टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे नेपाल प्रहरीको साइवर ब्यूरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीचको छलफल भएको थियो । उक्त छलफलमा गैर कानूनी सामग्री नियन्त्रणबारे सरकारले गरेको आग्रहलाई टिकटकले सकारात्मक रुपमा लिएको भट्टराईले बताएका छन् ।

‘जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ गृहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी