Skip to content
LAXMI SUNRISE BANK

पेस्तोल देखाएर मध्यराती महोत्तरीबाट ५० लाख बढी लुटपाट 

अर्थ सरोकार

काठमाडौँ । महोत्तरीमा पेस्तोल देखाएर ५० लाख बढी लुटपाट भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा हतियारधारी समूहले पेस्तोल देखाएर ५० लाख बढीको लुटपाट गरेका हुन् । 

राती करिब १ः३० बजे हतियारसहित आएका पाँच जना डाकाहरुको समूहले स्थानीय जयकिशोर चौधरीको घरमा लुटपाट गरेको हो । 

डाकाहरुले ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीया उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीलाई बन्धक बनाएर घरबाट लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । एसपी मल्लका अनुसार लुटेराहरुले घरभित्र रहेका दराज तथा बक्सा तोडफोड गरी लुटपाट गरेका हुन् । 

नकाबधारी समूहले चौधरीको घरबाट एक लाख नगद, ४० तोला सुनका गहना, अढाई किलो चाँदीका गहना, एक ७५ हजार मूल्य बराबरको मोबाइल गरी कुल ५० लाख बढीको लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा डाकाहरुले परिवारका सदस्यहरूमाथि पनि कुटपिट गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK