काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पाँच सय रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९८ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार १ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।