काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएको बारे थाहा हुँदा हुँदै पनि सरकारले केही गर्न नसकेको आरोप लगाएका छन् । संसदीय समितिको बैठकमा उनले बजारमा चिनी अभाव गर्नेदेखि कालोबजारी गर्नेबारे जानकारी भए पनि सरकार मौन बसेको आरोप लगाएका हुन् ।
कालोबजारी नियन्त्रण गर्न सरकारले आफूसँग भएका संयन्त्रसमेत परिचालन नगर्दा उपभोक्ता महंगीको मारमा परेको अर्यालको भनाई छ ।
सांसद अर्यालले कालोबजारियाहरू प्रभाव र दबावका कारण सरकार जनताप्रति इमान्दार हुन नसकेकोसमेत आरोप लगाएका छन् । ‘महंगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ ? त्यो पनि थाहा नभएको होइन । त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो ।’, उनले भने, ‘बजार अनुगमनका लागि मान्छे र स्रोतको कमी भएको होइन, संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैभन्दा ठूलो कुरा सरकार र व्यवसायीको इमान्दारिताको कमी हो ।’
त्यस्तै, उनले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरूका नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका छन् । ‘चिनी लुकाउनेलाई तपाईँहामी धेरैले चिनिसकेका छौँ । नामचाहिँ भन्दैनौँ ।’, उनले भने, ‘दुर्गम जिल्लाका पालीका र वडामा त नुन पनि पुग्दैन । यी सब कार्यमा सरकारकै मान्छेहरु संलग्न छन् ।’
चाडवाडको समयमा हुने महँगी र कालोबजारी रोक्न सरकारसँगै संसदीय समिति पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न असफल भएको स्वीकारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्