×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अल्फा क्यापिटलको मङ्सिर १२ गते साधारणसभा हुने, प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अल्फा क्यापिटलको मङ्सिर १२ गते साधारणसभा हुने, प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडको साधारणसभा हुने भएको छ । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा मङ्सिर १२ गते मंगलबार द एभरेस्ट होटल, बानेश्वर काठमाडौंमा हुने भएको छ ।

सभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहितको लेखा परिक्षण गरिएको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी, लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोकिने भएको छ । सभामा आगामी कार्यकालका लागि संचालकहरुको निर्वाचनको आधारमा संचालक समिति गठन गर्ने र कम्पनी सचिव नियुक्ति सम्बन्धि प्रस्ताव पेश गरिने भएको छ ।

क्यापिटलले विशेष प्रस्तावको रुपमा समान उद्देश्य भएका अन्य कम्पनी गाभ्ने र कम्पनीको पुँजी वृद्धि गर्ने विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव समेत पेश गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी