×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सको लिलामीमा बिक्री गरिएको सेयर बाँडफाँट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मल्टीपर्पस फाइनान्सको लिलामीमा बिक्री गरिएको सेयर बाँडफाँट

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मल्टीपर्पस फाइनान्सको लिलामीमा बिक्री गरिएको सेयर बाँडफाँट भएको छ । फाइनान्सको सेयर कार्तिक १९ गते मंगलबार बाँडफाँट भएको हो ।

कम्पनीले असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको थियो । संस्थापक समुह तर्फको ८२ हजार १ सय २३ कित्ता र सर्वसाधारण समुह तर्फको ८२ हजार १ सय २३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

उक्त सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १०१ रुपैयाँ ०२ पैसा र सर्वसाधारण समूहतर्फ २६० रुपैयाँ ५० पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

त्यस्तै, लिलामी सेयर बाँडफाँटमा नपरेका आवेदकलाई कार्तिक २२ गतेदेखि फारममा उल्लेख गरिएको बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी