×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्प्यारो एसएमएस र खल्तीबीच सहकार्य, रंगोली मेकिङ प्रतियोगिताको आयोजना गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्प्यारो एसएमएस र खल्तीबीच सहकार्य, रंगोली मेकिङ प्रतियोगिताको आयोजना गर्दै

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्प्यारो एसएमएस र खल्ती डिजिटल वालेटबीच सहकार्य भएको छ । उक्त कम्पनीले तिहारलाई लक्षित गर्दै रंगोली मेकिङ प्रतियोगिताको आयोजना गर्ने सहकार्य गरेको हो ।

कम्पनीले पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गर्न लागेको हो । कम्पनीका अनुसार, ‘कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यालयमा तिहार विशेष बनाइने रंगोलीलाई फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन, टिकटकजस्ता सामजिक सञ्जालमा ह्यासट्याग स्प्यारो एसएमएस र ह्यासट्याग स्प्यारो रङगोली अनिवार्य प्रयोग गरी पोस्ट तथा सेयर गर्नुपर्ने हुन्छ ।’

कम्पनीले एक सुचना जारी गर्दै नोभेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरूलाई रचनात्मक, कलात्मक र धेरैभन्दा धेरै सेयर गरेको आधारमा सहभागीमध्ये एक समूहलाई विजेता घोषणा गर्ने जानकारी दिएको छ ।

उक्त, प्रतियोगितामा विजेता हुने समूहले नोभेम्बर २५ मा काठमाडौंको हायात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारतीय गायक अरिजित सिंहको साङ्गीतिक कन्सर्टको ४ वटा पास पाउने कम्पनीले जनाएको छ । साथै, प्रतियोगितामा व्यक्तिगत रूपमा सहभागी हुन नपाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, उक्त प्रतियोगितामा सहभागी हुन कुनै कार्यालयमा आबद्ध हुनुपर्ने र रंगोली कार्यालयकै समूहमा बनाएको हुनुपर्ने कम्पनीले बताएको छ । साथै, एकै कार्यलयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर सहभागी हुन पाउने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी