काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तने बोडी र मकै बोडीको मूल्य बढेको छ । बुधबार तने बोडी २० रुपैयाँले बढेर ६० रुपैयाँ र मकै बोडी पनि १० रुपैयाँले बढेर ४० रुपैयाँ पुगेको छ । त्यस्तै, डल्ले च्याउको मूल्य पनि ६० रुपैयाँले बढेर ३०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
त्यस्तै, नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ४५ रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय सानो गोलभेडा पनि ३० रुपैयाँ रहेको छ । रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा १०० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ८०, लौका २५, लोकल परवल ५०, चिचिन्ड़ो ३०, घिरौला ४०, फर्सी पाकेको ३०, हरियो फर्सी ३०, सलगम ७०, भिंडी ६०, सखरखण्ड ५०, बरेला २५, पिडालु ४०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ७०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, बकुला ११०, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ ३००, कुरिलो १०००, ब्रोकाउली ७०, चुकन्दर ७०, सजिवन २००, रातो बन्दा १४०, जिरीको साग ८०, सेलेरी २००, पार्सले ४००, सौफको साग ८०, पुदिना ४००, तामा ९०, तोफु १२०, अदुवा १४०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन १८०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २९०, रुख टमाटर ११० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, झोले स्याउ २००, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ९०, भारतीय सुन्तला १००, हरियो तर्बुजा ६०, कालो अंगुर ४००, मौसम १२०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १५, निबुवा ५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ६०, भारतीय मेवा ११०, अम्बा १००, लप्सी ६०, किवी १५०, अभोकाडो २००, अमला ५५ र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्