काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।