Skip to content
LAXMI SUNRISE BANK

इमर्जिङ नेपालद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो । यसले ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभा र अर्थ मन्त्रालयले स्वीकृति दिए पछि मात्र सेयरधनीमा वितरण हुने जनाईएको छ ।

हाल कम्पनीको कुल चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK