काठमाडौँ । घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर मंसिर १० गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो । अंकित मूल्य १०० रुपैयाँका दरले एक करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
मंसिर १० गतेदेखि निष्कासन हुने उक्त कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार कात्तिक २ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि घलेम्दीलाई इन्फोमेरिक्सले बी रेटिङ प्रदान गरेको छ ।
कम्पनीले प्राप्त गरेको उक्त रेटिङले वित्तीय दायित्व वहनका लागि घलेम्दी हाइड्रोपावर जोखिममा रहेको जनाउँछ । हकप्रदबाट प्राप्त रकम सांग्रिला उर्जा लिमिटेडमा लगानी गर्ने कम्पनीले जनाएको छ । उक्त कम्पनीले संखुवासभामा ६३ मेगावाटको विद्युत उत्पादन गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्