काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ६१ लाख ४१ हजार ९ सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा पिपुल्स हाइड्रोपावर, नेपाल एसबिआई बैंक लिमिटेड, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ६१ लाख ४१ हजार ९ सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन बैंक लिमिटेड प्रमोटर सेयर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड प्रमोटर सेयर, सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । कर्पोरेट डेभलपमेन्टमा यस्तो गिरावट आउँदा समलिंग पावर कम्पनी, एनआइसी एशिया ग्रोथ फण्ड, इमर्जिङ नेपाल लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्