काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै परीक्षाफल प्रकाशन गरिएको जानकारी गराएको हो ।
गत असोज ९ र १० गते भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा १ लाख १७ हजार ८ सय ८२ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ८८ हजार ९ सय ४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । परीक्षामा सहभागी भएका १५ जना विद्यार्थीको भने परीक्षा रद्ध गरिएको थियो । प्रकाशन भएको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट वा नेपाल टेलिकमको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
साथै, नेपाल टेलिकमको १६०० मा NEB<Space>Symbol No. टाईप गरी एसएमएस पठाएर पनि नतिजा चेक गर्न सकिनेछ । त्यस्तै, नेपाल टेलिकमको आईभिआर सेवा १६०१ नम्बरमा फोन गरेर पनि रिजल्ट चेक गर्न सकिने बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्