×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव हाइलाइफ ब्राण्डका उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने, आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुप नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अव हाइलाइफ ब्राण्डका उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने, आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुप नियुक्त

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अव हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएका छन् । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी आधिकारिक बिक्रेताको रुपममा नियुक्त भएसँगै हाइलाइफका उत्पादनहरु अष्ट्रेलियामा बिक्री सुरु भएको हो ।

हाइलाइफले उत्पादन गर्ने समानहरु नेपाली बजारमा लोकप्रिय छन् । साथै, हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको कम्पनीले जनाएको छ । कम्पनीले चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि, चिजबललगायतका प्रडक्टहरु उत्पादन गर्छ । सबै प्रडक्टहरुले बजारमा राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।

अव अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । ‘अष्ट्रेलियामा धेरै नेपालीहरु बसोबास गर्ने भएकाले नेपाली प्रडक्टले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले भनिन् ।

त्यस्तै, निलगिरीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकता अनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् । ‘नेपाली ब्राण्ड निर्यात हुँदा देशको व्यापार घाटा घटाउन योगदान पुग्छ र नेपाली प्रडक्ट विदेशमा पुग्नेछ,’ उनले भनिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी