Skip to content
LAXMI SUNRISE BANK

विदेश जाने विद्यार्थीसँगै बाहिरियो ३३ अर्ब

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो तीन महिनामा विदेश जाने विद्यार्थीसँगै करिब ३३ अर्ब रुपैयाँ पनि विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा नेपालबाट विद्यार्थीसँगै ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको हो ।

पछिल्लो तीन महिनामा विद्यार्थीसँगै विदेशिएको रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । गत आर्थिक वर्षमा नेपालबाट विद्यार्थीसँगै १७ अर्ब ८९ करोड रुपैयाँ विदेशिएको थियो ।

त्यस्तै, पहिलो त्रैमासमा नेपाल आउने पर्यटकको संख्या बढेसँगै भ्रमण आय ५१.३ प्रतिशत बढी अर्थात १७ अर्ब २ करोड रुपैयाँ रहेको छ । तर, राष्ट्र बैंकका अनुसार पछिल्लो ३ महिनामा सेवा आय भने २९ अर्ब ५६ करोड रुपैयाँ घाटामा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK