काठमाडौँ । झापाको एक नगरपालिकाले देउसी खेल्न आउनेलाई १ सय ५१ रुपैयाँ मात्रै दक्षिणा दिन आह्वान गरेको छ ।
झापाको मेचीनगर नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न आउनेलाई दक्षिणा १ सय ५१ रुपैयाँ मात्रै दिन आह्वान गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरबासीमा यस्तो आह्वान गरेका हुन् ।
त्यस्तै, नगरपालिका क्षेत्रभित्र राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइनेछ । देउसी खेल्दा अन्य तथा छरछिमेकमा असर नपर्ने गरी देउसी खेल्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
तिहारमा देउसी खेल्दा सामाजिक सद्भाव नबिगार्ने तथा संस्कृतिको जगेर्ना गर्नेगरी देउसी खेल्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्