×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तलबले ऋण तिर्न नसकेपछि नक्कली नोट बनाउने युवाको कथा- ‘अरु केही उपाय नै थिएन’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तलबले ऋण तिर्न नसकेपछि नक्कली नोट बनाउने युवाको कथा- ‘अरु केही उपाय नै थिएन’ 

Artha Sarokar

२५ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी छ । पसलमा सामान किन्दा, गाडीको भाडा दिँदा, बैंकमा ऋण तिर्दा वा कसैलाई सापट दिँदा नक्कली नोटको कारोबार बढेको देखिन्छ । 

अझ बजारमा मन्दीको प्रभाव देखिन थालेदेखि त नक्कली नोटको कारोबार झनै बढेको छ । हुन त नक्कली नोटको कारोबार संलग्नहरुलाई प्रहरीले दिनहुँजसो पक्राउ गरिनै रहेको छ । तर पनि बजारमा नक्कली नोटको कारोबार पूर्ण रुपमा निर्मूल भने हुन सकेको छैन । 

यहीबीच प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई पक्राउ गरेको हो । २०७४ जेठ २० गते नेपाली सेनाको मोची पदमा जागिर खाएका रामलाई प्रहरीले गत असोज २८ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले २६ गते गौशालाबाट ठमेल जाँदैगर्दा पठाओलाई एक हजारको नोट दिएका थिए । तर, उक्त नोट नक्कली भएको थाहा पाएपछि पठाऔ राइडरले प्रहरीलाई खबर गरेका थिए । 

पक्राउ परेपछि रामले प्रहरीसँग उक्त नक्कली नोट आफूले साहुको ऋण तिर्नका लागि छापेको बयान दिएका छन् । ‘मैले ठग्नकै लागि नक्कली नोट छापेको होइन । साहुको ऋण तिर्नका लागि हजारको नोट फोटोकपी गरेको हुँ ।’, रामको भनाइलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘आफ्नो तलबले ऋण तिर्न पुगेन । आम्दानीको अरु बाटो थिएन । केही उपाय नलागेर मैले नोट छापेको हुँ ।’ 

हाल पक्राउ परेका रामविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी